वनमन्त्री बस्नेतद्वारा भूकम्प पीडितका ७ सय ३ घर हस्तान्तरण

 बैशाख १३, २०७६ शुक्रबार १८:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्जु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताउनुभएको छ । 

मन्त्री बस्नेतले त्यसका लागि कानूनी, नीतिगत तथा संरचनागत परिवर्तन गर्न लागिएको बताउनुभयो । वन्यजन्तुको संरक्षण गर्दा मानव हितलाई सर्वोपरि ठानेर काम गर्ने मन्त्रालयको नीति रहेको भन्दै उहाँले त्यसै अनुसार कार्यसम्पादन गर्न मातहतका निकायलाई निर्देशनसमेत दिनुभयो ।

‘वन र वन्यजन्तुभन्दा पहिला मान्छेको संरक्षण गर्ने सरकारको दायित्व हो’, चौथो भूकम्प दिवसको अवसर पारेर दोलखाको बिगु गाउँपालिका–३ बुलुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर हस्तान्तरण कार्यक्रममा बस्नेतले भन्नुभयो, ‘सरकार त्यसका लागि कानूनी, नीतिगत र संरचनागत सुधकारको काममा लागेको छ ।’

उहाँले जनतालाई दुःख भयो भन्ने गुनासो नआउने गरी संरक्षणको काम गर्ने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो । संरक्षण मात्रले  जनताको जीवनमा समृद्धि नल्याउने भन्दै उहाँले त्यसबाट प्राप्त लाभको समन्यायिक वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संरक्षणले जनतालाई लाभान्वित गर्न नसके त्यसको औचित्य नहुनेसमेत उहाँले स्पष्ट गर्नुभयो ।

पछिल्लो समय वन क्षेत्रको संरक्षण प्रभावकारी भएसँगै बाँदर, बँदेलजस्ता वन्यजन्तुको संख्यामा वृद्धि भएकाले किसानहरुले कष्ट भोग्नुपरिरहेको विषयमा सरकार जानकार रहेको र त्यसको निराकरणका लागि कामसमेत सुरु गरिसकिएको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले कारितास नेपाल नामक  गैह्रसरकारी संस्थाले सरकारसँगको सहकार्यमा निर्माण गरेको ७ सय ३ वटा घर सम्बन्धित घर धनीलाई हस्तान्तरण गर्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया