स्थानीय तहमा धमाधम शिक्षक नियुक्ती

 जेठ ४, २०७५ शुक्रबार ८:१४:९ | हिमनाथ देवकोटा
unn.prixa.net

rasuwa

रसुवा, जेठ ४ – रसुवाका स्थानीय तहले विद्यालयमा करार शिक्षक नियुक्ति गर्न थालेका छन् । लामो समयदेखि विद्यालयमा शिक्षक रिक्त हुँदा सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा दिन नसकिएपछि जिल्लाको नौकुण्ड गाउँपालिकाले करारमा शिक्षक नियुक्त गरेको हो ।

गाउँपालिकाले एकै चोटी १५ जना शिक्षकलाई करारमा नियुक्ति दिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै सम्पूर्ण विद्यालयमा पर्याप्त शिक्षक पु¥याउने लक्ष्य अनुसार शिक्षक नियुक्त गरिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताउनुभयो ।

परीक्षामा सहभागी भएका ५१ जनामध्ये उत्कृष्ट अंक ल्याएका शिक्षकलाई करारमा सेवा प्रवेश गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मबहादुर थोक्राले बताउनुभयो ।

छनोट गरिएका शिक्षकमध्ये माध्यमिक तहमा दुई जना, आधारभूत तहमा एक जना र प्राथमिक तहमा १२ जना रहेका प्रमुख थोक्राले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुँदा गुणस्तरीय शिक्षा दिन नसकिएको शिक्षक प्रभाकर अधिकारीले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत १२, २०८०

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया