एनआईसी एसिया बैंकको एक दिने छुट ‘अफर ’

 बैशाख १९, २०७६ बिहिबार ११:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ‘डिजिटल पेमेन्ट’मा ‘क्यास ब्याक’ तथा छुट अफरको यो सार्वजनिक गरेको छ ।

यो योजनाहरुमा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइलÞ बैंकमार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम् १००० रुपैयाँसम्म ‘क्यास ब्याक’ तथा छुट प्राप्त गर्न सक्छन् ।

यो योजना अन्तर्गत दराजमा अनलाइन कार्डबाट झुक्तानी गर्दा, खल्तीमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी गर्दा तथा बैंकको ‘क्युआर पेमेन्ट सिस्टम’बाट झुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम १००० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिन्छ ।

यस्तै, पीओएसबाट झुक्तानी गर्दा १०% वा उच्चतम ५०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिन्छ ।

मोबाइल बैंकिङबाट एनटीसी र एनसेलको रिचार्ज ‘टप अप’ गर्दा १०% वा उच्चतम १०० रुपैयाँ सम्मका क्यास ब्याकको योजना रहेका छन् ।

यो योजना राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको दिन १९ वैशाख २०७६ को दिन मात्र लागू हुनेछ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया