बसकाे ढाेकाबाट खस्दा एकजनाकाे ज्यान गयो

 बैशाख १९, २०७६ बिहिबार १३:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप- गोकुलगङ्गा गाउँपालिका बेतालीबाट बिहीबार बिहान मन्थलीतर्फ आउँदै गरेको बा ३ ख ९६६२ नम्बरको गाडीले किच्दा एक वृद्धको ज्यान गएको छ । सुपर बसको ढोकाबाट खसेका वृद्धलाई त्यही गाडीले किच्दा उनको घटनास्थलमा नै ज्यान गएको हो ।

गोकुलगङ्गा ४ बेताली बस्ने वर्ष ६५ का होमप्रसादलाई मोडमा गाडी रोकेर झर्दै गर्दा त्यही गाडीको पछाडि भागको चक्काले किचेको हो । अरनिको यातायात सेवा समितिको गाडी प्रितिबाट काठमाण्डौको लागि छुटेको थियो ।

घटनापछि चालक र गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया