इलाममा ११ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

 बैशाख २२, २०७६ आइतबार ८:४३:३ | सुजता सुनुवार
unn.prixa.net

इलाम - जिल्ला प्रहरी कार्यालय इलामले ११ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । लागुऔषधको प्रयोगकर्ता बढेपछि न्युनिकरण गर्न प्रहरीले चलाएको 'सर्च अपरेशन' मार्फत ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

लागुऔषध प्रयोगकर्ता नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय इलामले तीन टोली परिचालन गरेको थियो । उनीहरु इलाम नगरपालिकाको विभिन्न क्षेत्रबाट पक्राउ परेका हुन् । 

पक्राउ परेकाहरुकाे परिचय भने प्रहरीले खुलाएकाे छैन । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेकाले परिचय नखुलाइएकाे जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताउनुभयाे ।

इलाममा लागुऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले ‘सर्च अभियान’ चलाएकाे हाे ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया