दुबईमा सांस्कृतिक कार्यक्रम गरेर तनहुँमा छात्रवृत्तिका लागि अक्षयकोष

 बैशाख २२, २०७६ आइतबार ११:४४:४७ | उमाकान्त पाण्डे

यूएई – दुबईमा सांस्कृतिक कार्यक्रम गरेर संकलन भएको रकमले तनहुँमा विद्यार्थीका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गरिने भएको छ । 

तनहुँ सेवा समाज यूएईले शुक्रबार दुबईमा भएको सांस्कृतिक कार्यक्रमबाट उठेको रकमले तनहुँका जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रबृति अक्षयकोष स्थापना गरिने भएको हो । 

कार्यक्रममा लोक तथा दोहोरी गायिका देबी घर्ती, लोक गायक राजु ढकाल र कला लम्सालले आफ्ना गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लाखे नाँच, कौडा नाँच लगायत बिभिन्न लोक तथा आधुनिक नृत्य प्रस्तुत गरिएको थियो ।

तनहुँ सेवा समाज युएईका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा संरक्षक दिपक खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, व्यवसायी भीम श्रेष्ठ, एनआरएन मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, नेपाली बिजनेश काउन्सिल यूएईका महासचिव दिपक पौडेल लगायत सहभागी हुनुहुन्थ्यो । 

एक वर्षअघि स्थापना भएको तनहुँ सेवा समाज यूएईले यसअघि जिल्लाका मृगौला पीडित, वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

शुक्रबारको कार्यक्रमबाट उठेको रकम र अक्षयकोष स्थापना गरिने विद्यालयका बारेमा अघिल्लो समिक्षा बैठकबाट सार्वजनिक गरिने तनहुँ सेवा समाज यूएईले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया