कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
बलिउडकी दिग्गज अभिनेत्री मुमताजको मृत्युको झूटाे खबर फेरि एक पटक फैलिएको छ । खबरहरुका अनुसार मुम्बइको एउटा अस्पतालमा उनको निधन भएको बताइएको छ ।
सुरुमा यस खबरलाई कसैले पनि विश्वास गरेका थिएनन् । तर व्यापार विश्लेषक कोमल नहाटाले यस खबरको पुष्टि गर्दै आफ्नो ट्वीटर ह्याण्डलबाट एउटा भावुक ट्वीट गरेका थिए । त्यसपछि भने सामाजिक सञ्जालमा मानिसहरुले प्रतिक्रिया दिन सुरु गरेका थिए । खबर भाइरल भएसँगै मुमताजका परिवारले त्यस खबरको खण्डन गरेका छन् । साथै यसरी गलत तरिकाको अफवाह फैलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
Extremely sorry for posting news about Mumtaz ji’s demise. By God’s grace, she is hale and hearty. The incorrect news is gaining ground in the film trade. But to set the record straight, Mumtaz ji is absolutely fine.
— Komal Nahta (@KomalNahta) May 3, 2019
त्यसपछि कोमल नहाटाले उक्त ट्वीट डिलिट गरे र दोस्रो ट्वीट गर्दै माफी मागेका छन् ।
बलिउड फिल्म निर्देशक मिलाप झावेरीले ट्वीटमार्फत त्याे खबर गलत रहेको बताउँदै भनेका छन् ‘मुमताज जिवित हुनुहुन्छ र उहाँ एकदम ठिक हुनुहुन्छ । उहासँग मेरो कुरा पनि भइसक्यो । उहाँ चाहनुहुन्छ की उहाँको बारेमा यस किसिमको अफवाह नफैलाइयोस् । ’
Mumtaz Aunty is alive and absolutely fine. Just spoke to her and @Shaadrandhawa her nephew. She would like for the rumors to stop 🙏 https://t.co/S79v5KEjcD
— Milap (@zmilap) May 3, 2019
मुमताजका भतिजाले मिडियासँग कुरा गर्दै भने, ‘उहाँ उकदमै स्वस्थ हुनुहुन्छ । मलाइ थाहा छैन यस किसिमको अफवाह किन फैलाइँदैछ ?’
यसै गरी मुमताजकी छोरी तान्या माधवानीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै मुमताजका बारेमा आएका खबरको खण्डन गरेकी छिन् । साथै अभिनेत्री स्वस्थ रहेको जानकारी पनि दिएकी छिन् ।
त्यसको केही समयपछि मुमताज स्वयं अगाडि आएर एउटा न्यूज च्यानललाई अन्तरवार्ता दिएकी छिन् । उनले भनेकी छिन्,‘मलाई थाहा छैन यो खबर कसले र किन फैलायो ? मेराे बारेमा यस्ताे पहिलो पटक भएको होइन । यस पटक म मेरो परिवारसँग लण्डनमा छु र म निकै खुशी छु । केही महिना अघि पनि मेरो निधन बारेको गलत खबर फैलाइएको थियो । जसका कारण मेरा फ्यानहरु निकै दु:खी भएका थिए ।’
मुमताजलाई सन् २००० मा स्तन क्यान्सर भएको थियो । अहिले उनले क्यान्सरको लडाइँ जितिसकेकी छिन् । अहिले उनी स्वस्थ छिन् र लामो समयदेखि छोरीसँग लण्डनमा बस्दै आइरहेकी छिन् ।
उनकी जेठी छोरी नताशाले फिरोज खानका नाति (फरदीन खानका छोरा)सँग विवाह गरेकी छिन् । अहिले उनी लण्डनमा बसोबास गर्छिन् ।यस्तै उनकी कान्छी छोरी तान्या रोममा बस्छिन् ।
अभिनेत्री मुमताजले फिल्म ‘संस्कार, लाजवन्ती, सोने की चिडिया, दो रास्ते, गहरा दाग, आपकी कसमजस्ता कैयौं फिल्ममा अभिनय गरेकी छिन् । कुनै बेला मुमताज र राजेश खन्नाको जोडी दर्शकले निकै मन पराउँथे ।