सरकारी सर्भर डाउन, देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित

 बैशाख २२, २०७६ आइतबार १४:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।

बिहान ११ बजेदेखि सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सरकारी कार्यालयका कामकाज प्रभावित भएका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सिस्टम डाउन हुँदा धेरैजसो सरकारी कार्यालयका वेबसाइट खुलेका छैनन् ।

अहिले सिस्टममा आएको खराबी बनाउने प्रयास भइरहेको केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया