समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरमसँग एकता गर्न लागिएकाे हाे: डा. भट्टराई

 बैशाख २२, २०७६ आइतबार १७:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पार्नुभएको छ । 

संयोजक भट्टराईले भोलि (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढ्ने सहमतिका लागि गरिएको जानकारी दिनुभएको हो । उहाँले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागेको पनि स्पष्ट पार्नुभयो ।

भोलि (सोमबार) भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ ।

संयोजक भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन सञ्चालन प्रणाली पनि त्रुटीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताउनु भयो । २ जना नेतृत्वमा रहने गरी एकता हुन लागेको पार्टीको मुख्य लक्ष्य मुलुकमा समाजवाद स्थापना गर्नु हुने संयोजक भट्टराईको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया