दुई दिनभित्र पार्टी एकीकरणका बाँकी काम सक्नेछाैँ : प्रचण्ड

 बैशाख २२, २०७६ आइतबार १९:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टी एकीकरणका बाँकि कामलाई पनि पूर्णता दिने बताउनु भएको छ । 

अध्यक्ष दाहालले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको दावी गर्दै जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

त्यसका लागि भोलि (सोमबार) पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो । आइतबार काठमाण्डौमा आयोजित ‘कार्ल मार्क्स २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै झण्डै ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना पनि अघि सार्नु भयो ।

पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने अध्यक्ष दाहालको भनाइ छ । अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया