तेस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

 बैशाख २२, २०७६ आइतबार २०:४६:५७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोलामा ‘पर्यटन प्रवर्द्धनका लागि भलिबल’ भन्ने नारासहित सर्वाधिक पुरस्कार राशीको तेस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । 

मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश भट्टराइले आइतबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा भट्टराईले विकट गाउँमा राष्ट्रिय स्तरको खेल आयोजना गरिनुले खेल पर्यटनको विकासमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

ताप्लेजुङ भौगोलिक रुपले विकट भएकाले यहाँको गाउँहरु सडक सञ्जालले जोड्नसके मात्र अन्य विकासको ढोका खुल्ने भट्टराईले बताउनुभयो । उहाँले विकासको लागि आफू लागि परेको बताउनुभयो । 

मैवाखोला गाउँपालिका, जलजले क्लब साँघु र ताप्लेजुङ घर भएका विभिन्न ठाउँमा रहेका व्यावसायीहरुको पहलमा प्रगियोगिताको आयोजना गरिएको हो । 

प्रतियोगितामा नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरी, राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश ५ गरी ८ टिमको सहभागिता रहेको छ ।

विजेताले ३ लाख ५१ हजार ५ सय ५, उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । समय आभावका कारण प्रतियोगितात्मक खेल भने भोलिबाट मात्रै सुरु हुने आयोजकले बताएका छन् । प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया