आईपीएल : पञ्जाबले चेन्नईलाई ६ विकेटले हरायाे

 बैशाख २२, २०७६ आइतबार २०:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किंग्सले किंग्स इलेभन पञ्जाबसँग हार ब्यहोरेको छ । 

सुरुमा ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । ओपनर फाफ डु प्लेसि शतक बनाउन ४ रनले चुके । उनले ५५ बलमा १० चौका र ४ छक्काको मदलते ९६ रन बनाए ।

सुरेश रैनाले ५३ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे । अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पञ्जाबका साम कर्रनले ३ तथा मोहमद सामीले २ विकेट लिए । १ सय ७१ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । केएल राहुलले ७१ रनको पारी खेल्दै पञ्जाबलाई सहज जित दिलाए । क्रिस गेलले २८ तथा निकोलश पूरनले ३६ रन बनाए ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया