सरकारले नागरिकलाई पूरा नहुने सपना देखाइरहेको छ : महामन्त्री कोइराला

 बैशाख २३, २०७६ सोमबार १०:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – वर्तमान सरकारले नेपाली नागरिकलाई ऋणमा डुबाएर देशमा पानी जहाज र रेल चलाउने सपना बाँड्नुको औचित्य नरहेको नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालले बताउनुभएको छ ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिकाको डुमरामा आइतबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. कोइरालाले दुई तिहाइको वर्तमान सरकारले एक वर्षको अवधिमा उल्लेख्य प्रगति गर्न नसकेको  आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयो । 

उहाँले अहिलेको सरकारले नागरिकलाई पूरा गर्न नसक्ने सपना बाँडेको पनि आरोप लगाउनुभयो । 

सम्बोधनकै अवसरमा महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न नसकेको भन्दै आसन्न महाअधिवशेनबाट सबैको नेतृत्व गर्न सक्ने एउटा प्रभावशाली पार्टी सभापतिको चयन गर्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु दीपक गिरी, आफताब आलम, अतहर कमाल, दीपकुमार उपाध्याय, सुरेन्द्रराज आचार्य, सुधाकर पाण्डेय, राजेश आचार्य, वजीह अरसद, प्रकाश घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया