हाम्रो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्छ : मुख्यमन्त्री राउत

 बैशाख २३, २०७६ सोमबार १४:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्ने बताउनुभएको छ । 

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभालाई सम्बोधन गर्दै पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको  मुख्यमन्त्री राउतले बताउनुभयो । 

पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबै तिर पार्टी फैलिएको र आगामी दिनमा एक नम्बर पार्टी बन्ने पनि उहाँले दाबी गर्नुभयो ।  कांग्रेस र नेकपाजस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन पनि उहाँले चुनौती दिनुभयो । 

अहिले संघीयता, सुशासन र लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउन अहिले ठूला दलहरुबाटै समस्या आइरहेको भन्दै उहाँले संघीयता स्थापित गराउनुपर्छ भनेर मुख्यमन्त्रीको रुपमा आफू लडिरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया