जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
नयाँ नेतृत्वको निर्वाचन भएको एक वर्ष बितिसक्दा वरिष्ठ उपाध्यक्षकाे टुङ्गाे लगाउन नसकेकाे अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार वरिष्ठ उपाध्यक्षको टुंगाे लगाउँदैछ ।
वरिष्ठ उपाध्यक्ष छनोट एन्फा कार्यसमिति बैठकले गर्ने भएकाले एन्फाले यसै विषयमा निर्णय गर्न मंगलबार कार्यसमितिको बैठक बोलाएको छ । एजेण्डाको दोस्रो बुँदामा वरिष्ठ उपाध्यक्षको छनोटलाई समावेश गरेको छ । वरिष्ठ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ्ग र विरबहादुर खड्काले दाबी पेश गरेका छन् ।
यसअघि कार्यसमितिकाे चुनावबाट चार उपाध्यक्ष निर्वाचित भएका थिए । जसमा नेम्वाङले ६१ मत र खड्काले ३९ मत ल्याएका थिए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिंहले ५८ मत र कृष्ण थापाले ५२ मत ल्याएका थिए ।
यसका साथै मंगलबारको बैठकले वार्षिक कार्यक्रम तथा बजेट पास पनि गर्नेछ ।