आगलागीमा ५० लाखभन्दा बढीको क्षति

 जेठ २, २०७६ बिहिबार ७:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बुटवलको व्यस्त बजार संगमपथमा आगालागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

प्रहरीका अनुसार व्यवसायीहरु राजु श्रेष्ठले सञ्चालन गरेको जुत्ता र चिन्कु गुप्ताले सञ्चालन गरेको झोला पसलमा आगो लाग्दा ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको हो । 

बुधबार राति बिजुली सर्ट भएर लागेको आगो बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका २ वटा दमकलले १ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया