खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अष्ट्रेलियमा आज शनिबार आम चुनावको लागि मतदान भइरहेकाे छ ।
सरकारले सन् १९२४ मा अनिवार्य मतदानको नियम बनाएदेखि अहिलेसम्म ९१ प्रतिशतभन्दा कम मतदान भएको छैन । सन् १९९४ मा यो प्रतिशत बढेर ९६ दशमलव २२ प्रतिशत पुगेकाे थियाे । सरकारका अनुसार, मतदानलाई अनिवार्य गराउँदा मानिसहरु राजनीति र सरकारको कार्यमा रुचि लिन्छन् ।
अष्ट्रेलियामा १८ वर्षभन्दा माथिका नागरिकले मतदान गर्न सक्छन् । तर मतदान नगर्ने नागरिकसँग सरकारले जवाफ माग्ने गर्दछ । सन्तोषजनक जवाफ र उचित कारण भएन भने २० अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्छ ।
अष्ट्रेलियामा प्रत्येक तीन वर्षमा आम चुनाव हुँदै आएको छ । सरकार पनि मतदान बढाउन मतदाताहरुको सुविधामा ध्यान पुर्याउँदै आइरहेको छ । अहिलेसम्म २३ देशमा मतदान अनिवार्य छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।