आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
जेठ ४ – भारतको सर्वोच्च अदालतले शनिबार बेलुका ४ बजे कर्नाटकमा भारतीय जनता पार्टी(बीजेपी) सरकारलाई सदनमा बहुमत सावित गर्न आदेश दिएको छ ।
कर्नाटक विधानसभामा कसैले पनि बहुमत प्राप्त नगरेपछि राज्यपालले बीजेपीलाई सरकार बनाउन निम्तो दिएका थिए । १०४ सिटमा जित हात पारेको बीजेपीका तर्फबाट बीएस येदियुरप्पाले सपथ लिइसकेका छन् ।
कर्नाटकका २२४ सिटमध्ये २२२ सिटमा चुनाव भएको थियो ।
कांग्रेसले ७८ तथा जनता दल सेक्युलर(जेडीएस) ले ३७ सिटमा जित हात पारेको छ । ३७ सिटमा जित हात पारेको जेडीएसलाई कांग्रेसले सरकार बनाउन समर्थन गरेको छ । राज्यपालको निम्ताअनुसार बीजेपीले सरकार बनाएपछि कांग्रेस र जेडीएस अदालतको ढोका ढकढकाउन पुगेको थियो ।
सर्वोच्च अदालतले येदियुरप्पाको सपथमा रोक तथा लगाएन तर सुनुवाई जारी राख्ने फैसला गर्यो ।
शुक्रबार बेलुका फ्लोर क्रस भएन भने जेडीएसका नेता एचडी कुमारस्वामीले बहुमत सदस्यको समर्थन पाउने निश्चितजस्तै छ । त्यस्तोमा येदियुरप्पा मात्रै तीन दिनका लागि कर्नाटकको मुख्यमन्त्री हुनेछन् । साथै कांग्रेस र जेडीएसले बीजेपीले आफ्ना सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप पनि लगाउँदै आएका छन् ।