अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
दाङ – चुरे पहाडको काखमा रहेको छ एउटा मन्दिर । जसलाई तालले घेरेको छ, त्यही तालमाथि डुङ्गामा फन्को लगाउँदै मन्दिर पुग्न सकिन्छ । अहिले यही दृश्यले दाङको लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालले आन्तरिक पर्यटकलाई तानिरहेको छ ।
७ बिगाहा क्षेत्रफलमा फैलिएको यो ताललाई स्थानीयहरुले समिति बनाएर संरक्षण गर्न थालेपछि रमाइलोका लागि होस् वा वनभोज अथवा घुम्नका, सबैको रोजाइको थलो बन्न थालेको छ । यहाँ दाङ मात्रै नभई देशका धेरै जिल्लाबाट घुम्न आउनेहरुको सङ्ख्या बढ्दै गएको स्थानीयहरु बताउँछन् ।
कुनै समय स्थानीय पाँच गाउँका किसानहरुले सिँचाइका लागि पानी संकलन गर्न बनाएको ताल नै अहिले जखेरा तालको नामले परिचित छ । यसको विकासका लागि लमही नगरपालिकाले गुरुयोजना बनाएको छ । तर त्यस अनुसारका काम भने अझै सुरु हुन नसकेको ताल संरक्षण समितिका उपाध्यक्ष लोकमणि बञ्जाडे बताउनुहुन्छ ।
यहाँ विशेष गरी वनभोज खान आउनेहरु धेरै हुन थालेपछि त्यसका लागि आवश्यक संरचनाहरु बन्न थालेका छन् । यो ताल नजिकैको वनमा रहेका जनावर तथा चराचुरुङ्गीको पानी खाने थलो पनि हो । ताल बसाइ सर्ने चराहरुको गन्तव्य पनि भएकोले ५ नम्बर प्रदेशकै पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने स्थानीय केशव पोख्रेल बताउनुहुन्छ ।
तालनजिकै रहेका होटल तथा रेस्टुरेण्टले दाङकै लोकल तथा बँधिया भालेका परिकार बनाउनाले पनि यस्को छुट्टै पहिचान बन्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।