आफ्नाे जितमा काँधमा काँध मिलाउने कार्यकर्ताको पार्थिव शरीरलाई काँध दिँदै स्मृति इरानी

 जेठ १२, २०७६ आइतबार २०:५:२९ | एजेन्सी
unn.prixa.net

भारतको उत्तर प्रदेशको अमेठीमा बीजेपी कार्यकर्ताको हत्यापछि हिंसात्मक प्रदर्शन सुरु भएको छ ।

अमेठीबाट जित हात पारेकी बीजेपी नेतृ स्मृति इरानीका नजिकका मान्छे मानिने सुरेन्द्र सिंहको हत्यापछि उनका छोरा अभय सिंहले विपक्षी पार्टीका कार्यकताले आफ्ना बुवाको हत्या गरेको आरोप लगाएका छन् । 

त्यस्तै अमेठीबाट सांसदमा निर्वाचित स्मृति इरानी शोकमा डुबेको सिंह परिवारलाई सान्त्वना दिन दिल्लीबाट अमेठी पुगेकी छिन् । उनले सिंहको परिवारलाई भेट्दै दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिएकी छिन् । साथै उनले सुरेन्द्र सिंहको पार्थिव शरीर पनि बोकेकी थिइन् । 

शनिबार अमेठीको बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानी हत्या भएको थियो ।  

कांग्रेसको गढ मानिने अमेठीमा केन्द्रीय मन्त्रीसमेत रहेकी स्मृति इरानीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएकी थिइन् । इरानीलाई जिताउन सुरेन्द्र सिंहको मुख्य हात रहेको बताइन्छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया