बजेटले ल्याएको खुशी : चार लाखसम्म कमाउनेलाई आयकर नलाग्ने

 जेठ १५, २०७६ बुधबार १८:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७६–२०७७ का लागि सरकारले ल्याएको बजेटमा आयकरको दर यथावत राखिएको छ । 

आयकरको दर नबढाए पनि सरकारले व्यक्तिगत आयकरको स्ल्याबमा भने परिवर्तन गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने व्यवस्था रहेकोमा अब त्यसलाई बढाएर ४ लाख बनाइएको छ ।

त्यस्तै दम्पतीतर्फको कर नलाग्ने रकमको सीमा ४ लाख रुपैयाँको सीमालाई बढाएर ४ लाख ५० हजार बनाइएको छ। करको दर भने यथावत राखिएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया