जेठ २३ गते सार्वजनिक बिदा

 जेठ १६, २०७६ बिहिबार १७:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । 

मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया