तपाईँको प्रदेश र स्थानीय तहले कति अनुदान पाए ? हेर्नुहोस् पूरा विवरण

 जेठ २०, २०७६ सोमबार १८:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणको अनुदान विवरण सार्वजनिक गरेको छ । 

बजेटमा संघीय सरकारले वित्तीय हस्तान्तरणबाट समपूरक र विशेष अनुदानबाहेक ३ खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने  घोषणा भएअनुसार अर्थ मन्त्रालयले सोमबार स्थानीय तहलाई छुट्याइएको अनुदान सार्वजनिक गरेको हो । ।

यसमा वित्तीय समानीकरण अनुदानको हिस्सा १ खर्ब ४५ अर्ब र सशर्त अनुदानको हिस्सा १ खर्ब ६८ अर्ब रुपैयाँ छ । विशेष र समपूरक अनुदानका लागि १०/१० अर्ब रुपैयाँ छुट्याइएको छ ।

प्रदेशतर्फ सबैभन्दा धेरै अनुदान कर्णाली प्रदेशले र स्थानीय तहतर्फ सबैभन्दा धेरै बजेट काठमाडौं महानगरपालिकाले अनुदान पाएका छन ।

महानगरपालिकालाई वित्तीय समानीकरण अनुदान ३ अर्ब १३ करोड १२ लाख र शशर्त अनुदान ४ अर्ब ६२ करोड २ लाख रुपैयाँ गरी कूल ७ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध गराइएको छ । उपमहानगरपालिकाले दुवै शीर्षकमा ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् । 

यस्तै नगरपालिकाले ९५ अर्ब २८ करोड रुपैयाँ र स्थानीय तहले १ खर्ब २ अर्ब रुपैयाँ पाउने अर्थ मन्त्रालयले जनाएको छ । 

तपाईँको प्रदेश र स्थानीय तहले कति अनुदान पाए त ? हेर्नुहोस् विवरण 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया