रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

 जेठ २३, २०७६ बिहिबार ८:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

बिहीबार बिहान ४ बजेतिर तीव्र गतिमा रहेको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको ज्यान गएको हो । 

उहाँको उपचारको क्रममा बानेश्वरको एभ्रेष्ट अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ललितपुर भनिए पनि ताम्राकारको पुरै ठेगाना भने खुलेको छैन ।

मोटरसाइकल पछाडी सवार काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका साइकल चालकको खोजी भैरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया