आईपीएल क्रिकेटमा पञ्जाबले कोलकतालाई ७ रनले हरायो
चैत १८, २०७९ शनिबार
पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो । पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।
खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरे ।
खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे ।
पोर्चुगलले उपाधिका लागि बिहीबार हुने इङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार पोर्तोमा हुनेछ ।