बजेट कागजकाे घाेडाजस्तै : बालकृष्ण खाँड

 जेठ २३, २०७६ बिहिबार १३:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको सज्ञा दिनुभएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले बजेट कागजको घाडा जस्तै भएको टिप्पणी गर्नुभएको हो । पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले देशको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, 'कागजको घोडा जस्तै बजेट । न यसले घाँस र दाना खाला, न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन । पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि । पूँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने । बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै नसक्ने । त्यसैले यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहीँ पनि पुग्दैन । पोहोरसाल कागजको घोडा अलि सानो थियो । यसपालि कागजको घोडा अलि ठूलो भएछ । अझै ठूलो बनाइदिएको भए पनि हुन्थ्यो । ठूलो बनाएको भए सायद पानीजहाज आउँथ्यो होला । रेल आउँथ्यो होला ।  जनतालाई पानीजहाज र रेल चढ्ने इच्छा छ । देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पूरा गर्थ्याे होला तर यो कागजको घोडाले त्यो इच्छा पूरा गर्ने भएन । त्यसो भएर दु:ख लाग्या छ ।'

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरे पनि बजेटले संघीयताको आधारशीलालाई नमानेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले समाजवाद हुदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुँदै पूँजीवाद उन्मुख भएको दाबी गर्नुभयो । कर्मचारीको तलब वृद्धि भए पनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६५ वर्षमा कायम गर्ने निर्णय पूर्ववर्ती सरकारले गरेको भन्दै त्यही मापदण्ड लागु गर्न आग्रह गर्नुभयो । त्यसैगरी उहाँले पूर्ववर्ती सरकारले स्पाइनल कर्ड इन्जुरी, मटु, र्मिगौला, क्यान्सर रोगका बिरामीलाई र्निवाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गर्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया