‘अप्रिलिया स्टोर्म स्कुटर’ पनि नेपाली बजारमा भित्रियो

 जेठ २३, २०७६ बिहिबार १४:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्टाेर्म स्कुटर’ नेपाली बजारमा पनि भित्रिएको छ । 

बिहीबार ललितपुरमा एक कार्यक्रममा बीच दुगड ब्रर्दस एन्ड सन्स प्रालिले याे मोडलको स्कुटर पनि नेपाली बजारमा सार्वजनिक गरेको हो । म्याट रातो तथा पहेँलो आकर्षक रङले सजिएको याे स्कुटर उच्च प्रविधियुक्त भएको र त्यसले लामो दूरीको यातायातालाई पनि आरामदायी बनाउने कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिनु भयो । यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको पनि कम्पनीले जनाएको छ ।

यस स्कुटरको मूल्य तत्कालका लागि २ लाख २४ हजार ९ सय राखिएको छ । असार मसान्तपछि नयाँ आर्थिक वर्षसँगै स्कुटरको मूल्यमा केही वृद्धि हुने पनि कम्पनीका उपाध्यक्ष दुगडले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया