सरकारले खारेज गर्‍यो म्यानपावरका एजेण्ट (खारेज भएका एजेण्टका सूचीसहित)

 जेठ २३, २०७६ बिहिबार २१:९:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ - वैदेशिक रोजगार विभागले म्यानपावररलाई एजेण्ट हटाउन निर्देशन दिएको छ ।

अबदेखि वैदेशिक रोजगार व्यवसायीले आफ्ना म्यानपावरर कम्पनीमा प्रतिनिधि (एजेण्ट) राखेर वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि काम गराउन नपाउने विभागले जनाएको छ । 

केही नेपाल ऐन संशाेधन गर्न बनेको विधेयक २०७५  सरकारबाट २०७५ फागुन ११  प्रमाणिकरण भई वैदेशिक रोजगार ऐन २०६४ संशाेधन भएसँगै म्यानपावरर कम्पनीहरुले एजेण्ट राख्न पाउने प्रावधान खारेज भएको हो ।

विभागले संशोधित ऐन कार्यान्वयनमा आएको भन्दै अबदेखि एजेण्टमार्फत वैदेशिक रोजगार सम्बन्धी काम गराउने संस्था र व्यक्ति दुवैलाई कारबाही गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा धेरैजसो एजेण्टबाटै ठगी हुने गरेकाे गुनासाे बढेपछि सरकारले एजेण्ट नै खारेज गरेकाे हो । 

यी हुन् खारेज भएका एजेण्ट :

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया