कैलाली-कञ्चनपुरमा भीषण हावाहुरी : घाइतेको संख्या ४१ पुग्यो

 जेठ २३, २०७६ बिहिबार २२:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली -  कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक  सुदीप गिरीले बताउनुभयो । 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ । 

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेको छ । 

कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया