हावाहुरीका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत अवरुद्ध

 जेठ २४, २०७६ शुक्रबार ९:३६:४३ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – लगातारको हावाहुरीको लगातारको हावाहरीको कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बिजुली अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन् । 

बिहिबार साँझ आएको भीषण हावाहुरीको कारण कैलालीको गोदावरीलगायतका क्षेत्रमा रुख तथा पोल ढले पछि विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

अहिले पहाडी जिल्लामा वितरण गरिएका सबै प्रसारण लाइन बन्द भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका फोरमेन रोहित बोहराले जानकारी दिनुभयो । कति ठाँउमा पोल ढेलेको भन्ने एकिन नभएको हुँदा कति समयसम्म विद्युत अवरुद्ध हुन्छ भन्ने निश्चित नभएको उँहाले जानकारी दिनु भयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया