नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
करीना कपूर खान यतिबेला इटालीको टस्कनीमा पति सैफ अली खान र छोरा तैमूर अली खानसँग छुट्टी मनाइरहेकी छिन् ।
३८ वर्षीया अभिनेतृ करिना कपूर यतिबेला एउटा बिना मेकअप एउटा तस्बिर सामाजिक सञ्जालको फ्यान पेजमा सेयर गरेपछि ट्रोलको शिकार भएकी छिन् ।
करीना कपूर ती अभिनेतृमध्ये पर्छिन्, जो प्रायजसो बिना मेकअप नै सार्वजनिक स्थानमा देखिने गर्दछन् । त्यसो त उनी बिना मेकअप पनि राम्री देखिन्छिन् । तर बिना मेकअपको उनको एउटा सेल्फी भने अहिले ट्रोलको शिकार भएको छ ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब उमेर भयो ।’ त्यस्तै अर्का प्रयोगकर्ताले ‘हे भगवान....भयानक’ लेख्दा एक जनाले ‘भयानक अनुहार’ लेखेर कमेन्ट गरेका छन् ।
करीना भने यो तस्बिरमा निकै खुशी देखिएकी थिइन् । उनले तस्बिरसँगै क्याप्सनमा ‘घाममा मजा लिँदै’ लेखेकी थिइन् ।
अहिले सैफ अलि खान 'सेक्रेड गेम्स' को दोस्रो सिजनमा देखिँदै छन् भने करीना 'गुड न्यूज' चलचित्रमा देखिँदैछिन् ।