विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल रद्द

 जेठ २७, २०७६ सोमबार २१:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल रद्द भएको छ ।

साउथ ह्याम्प्टनमा टस जितेर पहिला फिल्डिङ रोजेको वेस्ट इण्डिजले दक्षिण अफ्रिकाका २ जना ब्याट्सम्यानलाई आउट गरिसकेको थियो ।

११ रन हुँदा हसिम अमलालाई गुमाएको दक्षिण अफ्रिकाले २८ रन हुँदा एडेन मरक्रम आउट भएका थिए । ७ दशमलव ३ ओभर खेल्दा दक्षिण अफ्रिकाले २९ रन जोड्दा २ रन गुमाएको थियो ।

त्यसपछि लगातार पानी परेपछि खेल रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक लिएका छन् । लगातार तीन खेल गुमाएको दक्षिण अफ्रिकाले तालिकामा पहिलो अंक जोडेको छ भने एक खेलमा जित र एक खेलमा हार व्यहोरको वेस्ट इण्डिजले तालिकामा तीन अंक पुर्याएको छ ।

जारी प्रतियोगितामा न्यूजिल्याण्ड र भारत मात्रै अपराजित रहेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया