यौन सम्बन्ध लुकाउन भदैनीको हत्या

 असार २१, २०७५ बिहिबार १३:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे –तेमाल गाउँपालिका –१, आधाबाटोमा अवैध सम्बन्ध लुकाउन आफ्नै भदैनीको हत्या भएको छ । 

हत्या हुनेमा तेमाल १ आधाबाटोकी ९ वर्षीया एलिसा तामाङ छिन् । बाख्राको खोरमा  २१ वर्षीया फुपू मिना तामाङ र ज्यामी काम गर्ने २३ वर्षीय जोखन मन्सुरले अवैध (यौन) सम्बन्ध राखिरहेकोे अवस्थामा एलिसाले देखेपछि घटना सार्वजनिक हुने डरले भदैनीको हत्या भएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी कानपुरका अनसार नजिकैको मकै बारीको कान्लामा एलिसाको घाँटी थिचेको अवस्थामा गाउँलेले जोखन मन्सुरलाई समातेका थिए । गाउँलेले मन्सुरलाई देख्ने बेलासम्म एलिसाको भने ज्यान गइसकेको प्रहरीले जनाएको छ । गाउँलेले बालिकाको हत्या गरेको भन्दै मन्सुर र मिनालाई कुटपिट समेत गरेका थिए । कुटपिटबाट दुवैको टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना बीचमा केही समयदेखि सम्बन्ध रहदै आएको खुलेको छ । मन्सुर केही समयदेखि एलिसाकै घरमा बस्दै आएका थिए ।  

जिल्ला प्रहरी कार्यालय काभ्रेमा सूचना अधिकारी एवं डीएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले  फुपू मिना र मन्सुर मिलेर बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जानकारी दिनुभयो । 

प्रहरी चौकी कानपुरले हत्यामा संलग्न दुवैलाई पक्रेर जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको र अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया