जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री
जेठ २६, २०८० शुक्रबार
उत्तर प्रदेशको आगरामा तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
धनी हुने आशमा ३५ वर्षीय मानपाल सिंहले तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न लगाएकाे र नमानेपछि ३२ वर्षीया श्रीमती रजनीको हत्या गरेका हुन् । अलीगढ प्रहरीले शुक्रबार श्रीमान मानपाल र तान्त्रिक भनिने सन्तदास झारखण्डीलाई पक्राउ गरेको छ ।
हत्या गरेपछि रजनीलाई उनका श्रीमान मानपालले गंगा नदीमा डुबाएर हत्या गरेका र शवलाई यसै छोडिदिए । बिहीबार राति गाेताखाेरहरुकाे सहयोगमा शवको नदीबाट निकालिएको थियो ।
मृतक रजनीका दाजु राजेश सिंहले ज्वाइँ मानपालविरुद्ध उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । मानपाल र रजनीको नौ वर्षअघि विवाह भएको मृतकका आफन्तले बताएका छन् ।
खेतीबारीकाे काम गर्दै आइरहेका मानपालले तान्त्रिकको सम्पर्कमा आइसकेपछि लागुऔषध पनि सेवन गर्न थालेको बताइएको छ ।