करनजित कौर – द अनटोल्ड स्टोरी अफ् सनी लियोन : पोर्न स्टारदेखि बलिउडसम्मको यात्रा

 असार २३, २०७५ शनिबार ७:५४:४६ | एजेन्सी
unn.prixa.net

पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनको जीवनमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । 

वेब सिरीजका रुपमा आउने ‘करनजित कौर : द अनटोल्ड स्टोरी अफ् सनी लियोन’ मा एडल्ट स्टारबाट बलिउड प्रवेशसम्मको सनीको यात्रालाई समेटिएको छ । सनी लियोनको पोर्न इन्डस्ट्रीमा कसरी प्रवेश भयो, विदेशमा उनको बाल्यकाल कसरी बित्यो, विद्यालयमा साथीहरुबाट कसरी अपमानित हुनुपर्यो लगायतका विषयवस्तुलाई यो बायोपिकमा समावेश गरिएको  छ । 

यो बायोपिक जुलाई १६ मा जी–फाइभको एपमा रिलिज हुनेछ । सार्वजनिक भएको ट्रेलरमा सनीको बाल्यकाल, परिवार तथा पोर्न स्टारसम्मको यात्रा देखाइएको छ । 

सनी लियोनले सन् २०११ मा ‘बिग बोस –५’ को माध्यमबाट भारतमा कदम राखेकी थिइन् । बिग बोसमा सहभागी भएपछि उनी महेश भट्टद्वारा निर्देशित ‘जिस्म २’ मा अभिनय गर्न पुगिन् । त्यसपछि ‘स्पिलिटभिल्ला’, एकता कपूरको ‘रागिनी एमएमए २’ लगायतका चलचित्रमा अभिनय गरिन् । उनी अभिनित केही चलचित्रले बक्स अफिसमा पनि राम्रै प्रदर्शन गरे । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया