सर्पको टोकाइबाट बझाङमा एक जनाको ज्यान गयो

 असार १७, २०७६ मंगलबार ७:४८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – सर्पको टोकाइबाट बझाङको मष्टा गाउँपालिकाका पवन रोकायाको ज्यान गएको छ ।

जिल्लाको केदारसिंह गाउँपालिकाको देउरा बजारको अरुण होटलमा सुतेका बेला सर्पले टोकेर रोकायाको ज्यान गएको हो । 

दिदीदाई घर पुर्‍याएर फर्कने क्रममा राति होटलमा सुतेका बेला बिहान मंगलबार ३ बजेतिर सर्पले टोकेको र उपचारका क्रममा  जिल्ला अस्पताल बझाङमा रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया