बिग्रिएको गाडी हटाउन नसक्दा नागढु‌ंगाको जाम अझै हटेन

 असार १९, २०७६ बिहिबार १३:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागढुंगा नजिकै सिक्रेखोलामा १८ चक्के गाडी बिग्रिएकाले बिहान ६ बजेदेखि नै नागढुंगा सडकखण्डमा जाम भएको छ । बिग्रिएको गाडी हटाउन नसक्दा अहिले पनि गाडी एकतर्फी रुपमा चापमा गुडिरहेकाे ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार मार्बल बोकेर काठमाण्डौ आउँदै गरेको ठूलो ट्रकबीच सडकमै बिग्रिएको हो ।

काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकखण्डमा बाटो साँघुरो र गाडीको चाप धेरै हुने हुँदा एउटा गाडी बिग्रँदा पनि लामो जाम हुने गरेको छ । गाडी नहटाएसम्म जाम नखुल्ने प्रहरीकाे भनाइ छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया