एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले यूएईलाई दियाे १ सय २...
बैशाख ७, २०८१ शुक्रबार
बागलुङ, जेठ ५ – बाग्लुङको काठेखोला गाउँपालिका ६ बिहुँकोटमा करेण्ट लागेर दुई युवतीको ज्यान गएको छ ।
विहुँकोटका २० वर्षीय निशा कँडेल र २५ वर्षीय गुमा कँडेलको करेण्ट लागेर ज्यान गएको हो । शनिबार बिहान जंगलमा घाँस लिन गएका उनीहरु धेरैबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दा विजुलीको खम्बा नजिकै मृत भेटिएको स्थानीय मणि सापकोटाले जानकारी दिनुभयो ।
विद्युत प्राधिकरणको लापर्बाहीका कारण उनीहरुको ज्यान गएको भन्दै स्थानीयबासीले मध्यपहाडी लोकमाग अवरुद्ध गरेर शव उठाउन समेत दिएका छैनन् । विद्युत प्राधिकरणले घटनाको जिम्मेवारी लिनुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, जिर्ण पोल हटाएर जोखिम अन्त्य गर्नुपर्ने उनीहरुको माग छ ।
पहिलेदेखि नै विजुलीको तार छुट्टिएर पोलमा छुने र त्यहाँबाट जमिनमा करेण्ट प्रवाह हुने गरे पनि प्राधिकरणले वास्ता नगरेको स्थानीयवासीको आरोप छ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले जिल्लामा धेरै खम्बा जिर्ण रहेकाले जोखिम बढेको स्वीकार्दै जतिसक्दो छिटो यस्ता खम्बा हटाउने प्रयास भइरहेको बताउनुभयो ।