विश्वकप क्रिकेट : अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित

 असार २२, २०७६ आइतबार ७:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ । 

दक्षिण अफ्रिकाले दिएको ३२६ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया एक बल बाँकी हुँदा ३१५ रनमा अलआउट भयो । 

टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो । उसका लागि फफ डु प्लेसीले १०० रनको शतकीय योगदान दिए । हार्विन भ्यान डर डुसेनले पनि ९५ रनको योगदान दिए । क्वीन्टन डिककले अर्धशतक भेटाउँदै ५२ रन जोडे भने एइडेन मारक्रमले ३४ रन बनाए । बलिङतर्फ मिचेल स्टार्क र नाथन लियोन दुई विकेट लिए । 

लक्ष्य पछ्याउँदा अष्ट्रेलियाका लागि डेविड वार्नरले १२२ रनको शतकीय योगदान दिए । एलेक्स क्यारीले  ८५ रन जोड्दा अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

बलिङतर्फ कागिसो रबाडाले तीन विकेट लिँदा फेलुकवायोले दुई विकेट हात पारे ।

पराजयपश्चात् अष्ट्रेलिया लिगको दोस्रो स्थानमा छ । उसले तेस्रो स्थानमा रहेको इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै शीर्ष स्थानको भारतले चौथो स्थानको न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया