सुनचाँदीकाे भाउ घट्याे

 असार २२, २०७६ आइतबार १२:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । 

सुन आइतबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको हो । 

यस्तै चाँदी आइतबार तोलाको सात सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

गएको १३ गतेदेखि नै तोलाको सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेको हो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया