फिफा महिला विश्वकपः पहिलो पटक उपाधि जित्ने दाउमा नेदरल्याण्ड्स

 असार २२, २०७६ आइतबार १३:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा महिला विश्वकप फुटबलको फाइनल खेल आइतबार हुँदैछ । नेपाली समय अुनसार राति पौने ९ बजे अमेरिका र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । 

नेदरल्याण्ड्सले स्विडेन र अमेरिकाले इंग्ल्याण्डलाई पराजित गरेका हुन् । सेमिफाइनलमा पराजित भएका स्विडेन र इंग्ल्याण्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा इंग्ल्याण्ड तेस्रो भएको छ ।

अब फिफा महिला विश्वकपको उपाधि कसले उचाल्छ त्यो भने आज रातिसम्म कुनुपर्ने छ ।

१९९१ बाट सुरु भएको महिला विश्वपको यो आठौँ संस्करण हो । अहिलेसम्मका सातमध्ये  ३ पटकको उपाधि अमेरिकाले उचालेको छ भने एक पटक उप विजेता भएको छ । समग्रमा अमेरिकाले पाँचौँ पटक फाइनल खेल्दैछ । २०११ को विश्वकपमा जापानसँग पराजित हुँदै उप विजेता बनेको अमेरिकाले २०१५मा  जापानलाई नै पाखा लगाउँदै उपाधि माथि कब्जा जमाएको थियो ।

२०१९ को विश्वकपमा भने अमेरिकाले नेदरल्याण्ड्स नयाँ प्रतिद्वन्द्वी पाएको छ । नेदरल्याण्ड्सको भने यो पहिलो फाइनल हो । महिला विश्वकपमा अमेरिकाले सर्वाधिक तीन पटक उपाधि जित्दा जर्मनीले २ पटक उपाधि जितेको छ ।  जापान र नर्वेले एक-एक पटक उपाधि हात पारेका छन् ।

अमेरिकाले यो सिजनमा सबै खेलमा अपराजित रहँदै रेकर्ड पनि बनाएकाले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । अमेरिकाको लगातार १२ म्याचमा जित हात पारेको छ । नेदरल्याण्ड्स टोली पनि जारी प्रतियोगिताको अपराजित टिम हो । उसले पनि अहिलेसम्म शत प्रतिशत नतिजाका साथ फाइनलमा पुगेको छ । 

नेदरल्याण्ड्सकाे महिला टिम अमेरिकाको तुलनामा युवा खेलाडीले भरिएको छ । २३ मध्ये १६ खेलाडी २६ वर्ष या त्यो भन्दा पनि कम उमेर समूहका रहेका छन् जसले गर्दा २०२३ को विश्वकपमा पनि उसको दरिलो उपस्थिति हुने अनुमान गरिएको छ ।

नेदरल्याण्ड्स खेलाडीलाई विश्वकपको फाइनल अनुभव भने छैन । अमेरिकाका केही खेलाडी भने दोस्रो र तेस्रो पटक फाइनल खेल्दैछन् । जसका कारण अमेरिकाका खेलाडीमा आत्मविश्वास भने बढी नै छ ।

अमेरिकाका खेलाडीमध्ये ६ जना ३० वर्ष माथिका छन् । हिथ, रपिनो र मोर्गनको प्रदर्शनमा अमेरिका उपाधि जित्नेमा ढुक्क छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया