इरानद्वारा यूरेनियम उत्पादन बढाउने घोषणा, तनाव अझ बढ्न सक्ने

 असार २२, २०७६ आइतबार १५:६:५८ | एजेन्सी
unn.prixa.net

इरानले सन् २०१५ को परमाणु सम्झौता अनुसार, यूरेनियम उत्पादनको सीमा तोड्ने घोषणा गरेको छ । 

इरानका उपविदेश मन्त्री अब्बास अरागचीले भने, ‘इरान अझै पनि परमाणु सम्झौता बनाइरहन चाहन्छ तर युरोपेली देशहरु आफ्नो प्रतिबद्धताबाट पछि हटिरहेका छन् ।’

अमेरिकाले सन् २०१८ मा एकल फैसला लिँदै परमाणु सम्झौता ताेडेको थियो । त्यसपछि अमेरिकाले इरानमाथि कयौँ कडा प्रतिबन्ध लगाइसकेको छ । इरानले गएको मे महिनामा यूरेनियमको उत्पादन सुरु गरेको थियो । 

यूरेनियम ऊर्जा पैदा गर्न र परमाणु हतियार बनाउन प्रयोग गर्न सकिन्छ । शर्त अनुसार, इरानसँग जति यूरेनियम हुनुपर्दथ्यो योभन्दा अघि नै धेरै छ । 

पत्रकार सम्मेलनमा उपविदेश मन्त्री अरागचीले भने, ‘इरानले यूरेनियम उत्पादन बढाउँछ र यो केही घण्टामा नै ३ दशमलव ६७ भन्दा बढी हुनेछ ।’

फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनले इरानी राष्ट्रपति हसन रुहानीसँग कुरा गर्दै परमाणु सम्झौताको उल्लंघनलाई लिएर चिन्ता व्यक्त गरेपछि इरानले यो घोषणा गरेको हो । रुहानीले परमाणु सम्झौता जोगाउन युरोपेली देशले केही गर्नुपर्ने बताएका थिए । 

इरानले आफ्नो यूरेनियम भण्डार ९८ प्रतिशतसम्म घटाएर तीन सय किलोग्राममा झार्ने बताएको थियो तर उसले सम्झौता तोड्ने फैसला गरेको हो । यो इरानले उठाएको कैंयौ कदममध्ये एक हो । 

परमाणु हतियार बनाउन यूरेनियमलाई ९० प्रतिशतसम्म स्तरवृद्धि गर्न आवश्यक हुन्छ र २० प्रतिशतसम्मको स्तरमा यसलाई लैजानु भनेको वास्तवमा उही दिशामा कदम बढाउनु हो । 

कैंयौ अन्य चीजलाई पनि इरानले दाउमा लगाएको छ । २० प्रतिशतसम्मको स्तरवृद्धिको मतलब यसले दुनियाँभरि नै खतरा पैदा गराउनु हो र युरोपेली देशका इरानी समर्थकको लागि उसलाई समर्थन गरिरहन निकै मुश्किल हुनेछ । 

सन् २०१५ मा इरान र दुनियाँका शक्तिशाली देशबीच भएको परमाणु सम्झौताका बेला जुन प्रतिबन्ध हटाइएको थियो, यो सम्झौता ताेडिएपछि फेरि इरानमाथि लागू भएको छ । 

यसबाट इरानको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ । इरानले भने आफ्नो परमाणु गतिविधिमाथि लगाइएको रोककाे उल्लंघन गर्नसक्ने चेतावनी दिएको छ । 

इरानको यो घोषणाले तनाव अझ बढ्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै धम्की दिइसकेका थिए । अब यसको बाटो के होला ?

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया