कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएन

 असार २२, २०७६ आइतबार १९:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आन्तरिक विवादका कारण अझै सुरु हुन नसकेको हो । 

बैठकमा नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदामाथिको छलफल, संघीय संरचना अनुसारका पार्टीको संगठनात्मक संरचना निर्माण, पार्टीको केन्द्रीय महाधिवेशन र राष्ट्रिय राजनीतिका विषयमा बैठकमा छलफल हुने बताइएको थियो । तर नेताहरुबीच सहमति हुन नसक्दा बैठक अझैसम्म पनि सुरु हुन नसकेको हो । 

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न पार्टी पदाधिकारी बैठक भने अहिले बसिरहेको छ । पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा तय गर्नुका साथै विवादित विषयहरुमा सहमतिको प्रयास गरिरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

पदाधिकारी बैठकपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया