आईसीटी अवार्डका ९ मध्ये ३ विधाका शीर्ष ११ को घोषणा

 असार २२, २०७६ आइतबार १८:२३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'लिभिङ विथ आईसिटी' को आयोजनामा आउँदो साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आईसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । 

११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत् शीर्ष ११ को टुंगो लगाएको हो । यी तीन विधा अन्तर्गत 'स्टार्टअप आईसिटी अवार्ड,' 'प्रडक्ट आईसिटी अवार्ड' र 'राइजिङ स्टुडेन्ट आईसिटी अवार्ड' का उत्कृष्ट ११ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको जुरी समूहले जानकारी दिएको छ । 

'आईसिटी स्टार्टअप अवार्ड २०१९' अन्तर्गत विभिन्न ९ विधाका लागि एक सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेशनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको अधारमा 'स्टार्टअप आईसिटी अवार्ड,' 'प्रडक्ट आईसिटी अवार्ड' र 'राइजिङ स्टुडेन्ट आईसिटी अवार्ड' को लागि उत्कृष्ट ११ को छनौट गरिएको हो ।

यस अन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा 'एडमाना टेक्नोलोजी,' 'सिनिकल टेक्नोलोजी प्रालि,' 'ई-डिजिटल नेपाल प्रालि,' 'हाम्रो टेक्नोलोजी प्रालि,' 'खाली सिसी प्रालि,' 'किताब यात्रा प्रालि,' 'यति बुक्स स्टोर,' 'टायर ट्रिजर्स,' 'युजी केक्स प्रालि,' 'उनेल्मा प्लाटफर्म' र 'वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् । 'स्टार्टअप आईसिटी अवार्ड' मा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा दायरामा परेका कम्पनीहरुलाई छनोट प्रक्रियामा समावेश गरिएको थियो ।

त्यसैगरी 'प्रडक्ट आईसिटी अवार्ड २०१९' अन्तर्गत कुल २६ प्रडक्टको अनलाइन आवेदन परेको थियो । यसअन्तर्गत शीर्ष ११ मा 'विधाना,' 'डेल्टा सेल्स एप,' 'डिजिटल एड नेटवर्क प्लाटफर्म,' 'प्रोमिस टु सेक्युर,' 'इन्सपेला,' 'खोज इन्फो,' 'एमबैंक,' 'मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस्,' 'स्कुल म्यानेजमेन्ट सिस्टम,' 'श्रीयोग डटकम' र 'सर्भे म्यानेजमेन्ट सिस्टम' पर्न सफल भएका छन् ।

'राइजिङ आईसिटी अवार्ड २०१९' मा कुल २० ओटा आवेदन परेको थियो । कलेज पढ्दै गरेका विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्टहरुबीच प्रतिस्पर्धा गराइने यो विधाबाट उत्कृष्ट ११ मा 'बचाओ एप,' 'हेल्प इआर,' 'नयाँ किनमेल,' 'प्रशासन ई,' 'रक्तदान,' 'स्मार्ट बोट फर रेस्क्यु,' 'वाटर टेस्टर एप,' 'इमेज सर्भ इञ्जिन,' 'नेपाली स्टेमिङ,' 'भिनसेल फेस' र 'ट्रिप सहयात्री' छानिन सफल भएका छन् ।

यी तीन विधाका उत्कृष्ट ११ ले आउँदो असार २८ गते शनिबार ११ जना जुरीको माझ प्रेजेन्टेशन, स्पिड डेटिङ र अन्तवार्ता सत्रमा सहभागी जनाउने छन् । त्यसबाट छानिएका उत्कृष्ट ५-५ प्रतिस्पर्धीका लागि अनलाइन तथा एसएमएस भोटिङ सुरु हुनेछ । यस वर्ष उत्कृष्ट ११ मा प्रत्येक विधामा २ भन्दा बढी प्रतिस्पर्धीहरु काठमाण्डौ बाहिरबाट समावेश भएका छन् ।

जुरीहरुबाट प्राप्त जानकारी अनुसार 'पायोनियर आईसिटी अवार्ड,' 'डिजिटल गभर्नेन्स आईसिटी अवार्ड,' 'आन्ट्रप्रनर आईसिटी अवार्ड,' 'नेपाली डायस्पोरा आईसिटी अवार्ड,' 'डिजिटल एजुकेशन आईसिटी अवार्ड' र 'मिडिया पर्सन आईसिटी अवार्ड' २०१९ को छनोट प्रक्रिया जारी जुरी समुहले यी विधामा प्राप्त डकुमेन्ट र प्रोफाइल अध्ययन गरिरहेको जानकारी दिएको छ । विभिन्न चरणका छनोटहरुसँगै यस वर्ष फिल्ड भिजिटको कार्यक्रम समेत समावेश गरिएको छ । 

आउँदो साउन ३२ गते अवार्ड वितरण समारोहको आयोजना गरिने छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया