पाँच घण्टा ढिला गरी सुरु भयाे कांग्रेस केन्द्रीय समिति बैठक

 असार २२, २०७६ आइतबार १९:५१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अबेर गरी सुरु भएको छ ।  

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आन्तरिक विवादका कारण सुरु हुन ढिलाई भएको हो । झण्डै पाँच घण्टा ढिला गरी साँझ पौने आठ बजेबाट बैठक सुरु भएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो । 

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न १४ वटा एजेण्डाहरु प्रस्तुत गर्नुभएको छ । विशेषगरी नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदामाथिको छलफल, संघीय संरचना अनुसारका पार्टीको संगठनात्मक संरचना निर्माण लगायतका विषयमा छलफल हुने छ । शर्माका अनुसार घरेलु कार्यभार र राष्ट्रिय अभिारासँग सम्बन्धित एजेण्डाहरु बैठकमा पेश गरिएको छ ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया