कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
माेरङ - प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
संघीय सरकारले विषादीको परीक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन दिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्वजनिक भइरहेका बेला प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएको हाे ।
काठमाण्डौबाट प्राविधिकसहितको टोली ल्याएर प्रदेश १ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
तरकारी तथा फलफुलमा रहेको विषादीको अवशेष परीक्षण गर्न स्थापना भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सोमबारदेखि सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अjशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने बताउनुभयाे ।
प्रयोगशाला करिब २५ लाख रुपैयाँकाे लागतमा सञ्चालनमा ल्याइएको हाे । काठमाण्डौबाट आएका विशेषज्ञ प्राविधिकले प्रदेशका कर्मचारीलाई विषादी मापनको बारेमा जानकारी तथा प्रशिक्षण दिएर सोमबारदेखि नै यो प्रयोगशाला सुरु हुने बताएको छ ।