प्राकृतिक विपत्ति समाधान गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

 असार २३, २०७५ शनिबार १९:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन दिनुभयो । शनिबार दिउँसो पार्टीका प्रदेश प्रदेश २ का प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुसँग सामूहिक भेट गरी तराईमा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको संरक्षणका लागि उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको सांसद प्रभु साहले जानकारी दिनुभयो ।

पार्टीका सांसदहरुले प्रधानमन्त्री ओलीलाई प्रदेश २ को शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराएका थिए । शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको सांसद सरिताकुमारी गिरिले पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकको समस्या बुझ्नका लागि प्रदेश स्तरीय पार्टीका सांसदहरुको भेटघाट कार्यक्रमलाई निरन्तरता दिनु भएको हो । यस अघि उहाँले प्रदेश नम्बर १ का सांसदहरुसँग भेटगरी त्यहाँको समस्याबारे जानकारी लिनु भएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया