सर्लाही घटनाबारे संसदमा गृहमन्त्रीको जवाफ : देशमा शान्ति सुव्यवस्था कायम गर्न गोली चलाउन पर्‍यो

 असार २४, २०७६ मंगलबार १४:६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा बादलले देशमा शान्ति सुव्यवस्था कायम गर्न र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले गोली चलाउदा सर्लाही घटना भएको स्पष्टिकरण दिनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताउनु भएको हो । 

सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताउनुभयो ।

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया