साइबर बुलिङ युवाहरुका लागि निकै घातक कुरा हो: अनन्या पाण्डे

 असार २४, २०७६ मंगलबार १५:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्ममा काम गर्ने कलाकारहरुले प्राय जसो ‘साइबर बुलिङ’को सामना गरिरहनु परेको हुन्छ । फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री अनन्या पाण्डेले यसविरुद्ध ‘सो पाजेटिभ’ नामको अनलाइन क्याम्पेन चलारहेकी छिन् ।

अनन्या पाण्डेका अनुसार ट्रोलिङ र यस किसिमका क्रियाकलापले कम उमेरका युवाहरुको दिमागमा असर गर्छ जो शारीरिक रुपमा परिवर्तन हुने क्रममा हुन्छन् ।

गएकाे महिना अनन्या पाण्डेलाई उनको शैक्षिक योग्यतालाई लिएर सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो । अनन्याले एक अन्तरवार्तामा उनी यूएससी एनेनबर्ग स्कुल फर कम्युनिकेशन एण्ड जर्नालिज्ममा भर्ना भएको बताएकी थिइन् । तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अनन्याले झूटाे बोलेको भन्दै उनलाई ट्रोल गरेका थिए । त्यसको जवाफस्वरुप अनन्याले आफ्नो इन्स्टाग्राममा त्यस कलेजका लिखित दस्तावेजरुको तस्बिर खिचेर पोष्ट गरेकी थिइन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ananya 👩🏻‍🎓💫 (@ananyapanday) on

अनन्याले मिडियासँगको कुराकानीमा सामाजिक सञ्जालमा उनी ट्रोल भएपछि आफू मात्रै नभइ आफ्ना अभिभावकहरु पनि प्रभावित भएकाे बताएकाी थिइन् । उनी भन्छिन्, ‘साइबर बुलिङले वास्तवमै हामी सबैलाई प्रभावित गर्छ । मानिसहरुले अरु ब्यक्तिलाई यसले कसरी प्रभावित गरिरहेको हुन्छ भन भन्ने बुझुनु भनेर म यसविरुद्ध उभिएकी छु। 

अनन्या अगाडि भन्छिन, ‘हामी किशोरावस्थामा हुँदा अरु व्यक्तिले हामीलाई के भन्छन् त्यसको आधारमा आफ्नो बारेमा धारणा विकासित गर्छौँ । एक पूर्ण वयस्क दिमागको विकास हुन अझै बाँकी हुन्छ । यस कारण हामीलाई सधैँ गलत कुरा मात्रै भनियो भने त्यस कुराले हामी डगमगाइहाल्छौं । हाम्रो शरीर र दिमाग परिवर्तनको अवस्थामा हुन्छ र यदि यस्तो समयमा कसैले हाम्रो शरीरको बारेमा भद्दा कमेन्ट गर्‍यो भने हामीमा नकारात्मक असर पर्छ ।

उनले अनुसार सकारात्मक आलोचनाले आफैँलाई सुधार्न सहयोग गर्ने भएकाले यस्ता आलोचनाको सराहना गर्ने गरेको बताइन् । 

२० वर्षीया अनन्या बलिउड अभिनेता चंकी पाण्डेकी छोरी हुन् । पहिलो फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाटै उनको अभिनयको सराहना गरिएको थियो । पहिलो फिल्मबाटै बलिउडमा आफ्नो पहिचान बनाउन सफल अनन्या छिट्टै नै अभिनेता कार्तिक आर्यनका साथ फिल्म ‘पति पत्नी और वो’ मार्फत दर्शक माझ आउँदै छिन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया