ओखलढुङ्गामा बस दुर्घटना : तीन जनाको मृत्यु, १५ जना घाइते

 असार २५, २०७६ बुधबार ७:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा – ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनालाई काठमाण्डौ लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । 

दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया